एमसीसी प्रतिनिधिसभाको कार्यसूचीमा राखियो, संसद भवन वरपर सुरक्षा व्यवस्था निकै कडा
काठमाडौं, फागुन ८ । प्रतिनिधि सभाको कार्यव्यवस्था समितिको बैठक सकिएको छ । प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता टेबल हुने भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय गरेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
समितिमा नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले अहसमति जनाए पनि प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल हुने कार्यसूची तय भएको हो । बैठकमा माओवादी केन्द्रका प्रतिनिधिहरु प्रमुख सचेतक देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्तीले लिखित असहमति प्रस्तुत गरेका छन् ।
अमेरिकी सहयोग परियोजना ( एमसीसी) विरूद्ध हुने प्रदर्शनलाई लक्षित गरी संसद भवन वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । एमसीसी विरुद्ध विभिन्न दलहरूले निरन्तर विरोध प्रदर्शन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको हो ।संसद भवन अगाडिको सडकमा निषेधित क्षेत्र घोषणा गरेर प्रहरीले बार लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्