एकीकृत समाजवादीले एमसीसी संसदमा टेबल गर्न नरोक्ने, गर्यो यस्तो निर्णय

काठमाडौं, फागनु ७ ।  सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतालाई संसदमा टेबल गर्न नरोक्ने भएको छ ।

पार्टीको नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको स्थायी कमिटी बैठकको निणर्यबारे जानकारी दिँदै शहरी विकास मन्त्री तथा पार्टी सचिव रामकुमारी झाँक्रीले स्थायी कमिटी बैठकले एमसीसी सम्झौतलाई संसदमा टेबल गर्न नरोक्ने निणर्य गरेको जानकारी दिइन् ।

एमसीसीबारे सत्ता गठबन्धनमा विवाद रहेको छ । विवादका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि त्यसलाई संसदमा टेबल गर्न सकिरहेका छैनन् । यता अर्को सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले भने यथास्थितिमा एमसीसी सम्झौता संसदमा टेबल गर्न नसकिने बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (आइतबार) संसदमा एमसीसी टेवल गर्ने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्