अब सर्वोच्च अदालत नभइ हामी जनअदालत चलाउँछौंः ओली, तयारी थाल्न आग्रह

काठमाडौं, फागुन ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब सर्वोच्च अदालत नभइ जनअदालतको निर्णयमा नेकपा एमाले जाने बताएका छन् ।

यसका लागि आजैदेखि तयारी थाल्न उनले आग्रह गरेका छन् । उनले एमालेको जनअदालत माओवादीको जस्तो दुई चार जनाले चलाउने र तर्साउने नभइ लाखौं मानिसको सहभागिता हुने बताए ।

शनिवार सूर्यविनायक अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले जनताभन्दा माथि केही नभएको र जनताले दिएको आदेश मान्ने उनले बताए ।

ओलीले अहिलेको सत्ता गठबन्धनलाई पानीमुनि गए पनि ठेगान लगाउने चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीले गठबन्धनको आयु बढीमा एक वर्ष रहेको समेत दावी गरेका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले चुनाव जित्नका लागि सरकारमा जाने नभई जनताको काम गर्न जान चाहेको बताए ।

रामलाई षड्यन्त्र गरेर १४ वर्ष वनवास पठाएको स्मरण गर्दै उनले भने, ‘नेपालमा यतिधेरै मन्थरा र सकुनीहरु छन्, उनीहरुले हामीविरुद्ध षड्यन्त्र गरिरहेका छन् ।’ गठबन्धनले जे काम गर्दा पनि झुक्याएर गरेको बताउँदै ओलीले संसदबाट नसकेर सर्वोच्चबाट सरकार बनाएको टिप्पणी गरे ।

 

प्रतिक्रिया दिनुहोस्