फिलिपिन्सलाई नेपालले दियो २ सय १९ रनको लक्ष्य, कुशल बने सतक बनाउने तेस्रो नेपाली क्रिकेटर
काठमाडौं, फागुन ७ । आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकप छनोट ए अन्तर्गत नेपालले सानदार ब्याटिङ गर्दै फिलिपिन्सलाई २ सय १९ रनको लक्ष्य दिएको छ ।
ओमानको ओमान क्रिकेट एकेडेमीमा जारी खेलमा पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर २ सय १८ रन बनाएको हो ।
कुशल भुर्तेलले नटआउट १ सय ४ रन बनाउँदै पारस खड्का र ज्ञानेन्द्र मल्लपश्चात अन्तराष्ट्रिय टि(ट्वान्टीमा सेन्चुरी बनाउने नेपालका तेस्रो क्रिकेटर बनेका छन् ।
कुशल भूर्तेलले ६१ बलमा १३ चौका र १ छक्का प्रहार गर्दैँ सेन्चुरी पुरा गरे । दीपेन्द्र सिंह ऐरीले ८३ रन, कुशल मल्लले १२ र लोकेश बमले नटआउट ६ रन जोडे ।
आशिफ शेख भने शून्य रनमा आउट भए । नेपालले आजको खेल जित्नको लागि अब कसिलो बलिङ गर्न पनि आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्