एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शुरु, एमसीसी बारे निर्णय लिदै

काठमाडौँ, फागुन ७ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक शुरु भएको छ ।एकीकृत समाजवादीको यस बैठकले एमसीसीका बारेमा पार्टीको आधिकारिक धारणा तय गर्ने बताइएको छ ।

एमसीसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकाल्न लागिएको बुझिएको छ ।सरकारले एमसिसी संसदमा टेबल गर्ने तयारी गरे पनि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी विरोधमा छन् ।

माओवादीले अहिलेको अवस्थामा एमसिसी अगाडि बढाउन नहुने निर्णय गरिसकेको छ । एकीकृत समाजवादीले भने आज निर्णय लिनेछ ।

आइतबार सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रतिनिधि सभा बैठक पनि आइतबार नै तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्