राष्ट्रपतिद्वारा ५१३ जनालाई कैदीलाई आममाफी घोषणा

काठमाडौं, फागुन ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ५१३ जनालाई आममाफीको घोषणा गरेकी छिन् । नेपालको संविधानको धारा २७६ बमोजिम उनले फुर्वा शेर्पासहित ५०१ जना केदीहरुको भुक्तान हुन बाँकी कैद मिनाहाको घोषणा गरेकी हुन् ।

यस्तै उनले मन्त्रिपरिषद्को सिफारिसमा थप १२ जनासमेतलाई आममाफीको घोषणा गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । आममाफी पाउने थप १२ जनामा आङनिमा शेर्पालगायत रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्