भारतमा २००८ को विस्फोटका ३८ आरोपीलाई दिइयो मृत्युदण्ड

काठमाडौं, फागुन ६ ।  भारतको अहमदाबादमा २००८ मा भएको श्रृङ्खलाबद्ध विस्फोटका ४९ दोषीमध्ये ३८ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

सन् २००८ मा अहमदाबादमा भएको श्रृङ्खलाबद्ध विस्फोटको सुनुवाइ गर्दै विशेष अदालतले ऐतिहासिक फैसला सुनाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यस मुद्दाको सुनुवाइ गर्दै अदालतले ४९ दोषीमध्ये ३८ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । जबकि ११ जनालाई अदालतले जन्मकैदको सजाय सुनाएको छ । ११ जना दोषीलाई आजीवन कारावासको सजाय सुनाइएको छ ।

२००८ अहमदाबाद श्रृङ्खलाबद्ध विस्फोटहरूमा ५६ जनाको मृत्यु भएको थियो र लगभग २०० जना घाइते भएका थिए ।

२६ जुलाई २००८ मा गुजरातको अहमदाबाद सहरमा ७० मिनेटभित्रै एकपछि अर्को २१ वटा बम विष्फोट भएका थिए ।

अहमदाबाद यी शृंखलाबद्ध बम विस्फोटहरूले हल्लायो र यसमा ५६ जनाको ज्यान गएको थियो र २०० भन्दा बढी मानिसहरू घाइते भएका थिए ।

इन्डियन मुजाहिद्दीन र हरकत-उल-जिहाद-अल-इस्लामी नामक चरमपन्थी संगठनले यी विस्फोटको जिम्मेवारी लिएको थियो । गुजरात एटीएस (एन्टी टेररिस्ट स्क्वाड) ले विस्फोटका संदिग्ध मुफ्ती अबु बशीरसहित नौ जनालाई पक्राउ गरेको थियो ।

सन् २०१६ मा झण्डै आठ वर्षपछि विस्फोटका अर्का आरोपी नासिर रंगरेज पनि पक्राउ परेका थिए ।

विस्फोट लगत्तै गुजरातको सुरेन्द्रनगर जिल्लाबाट हुसेन इब्राहिम, हेल मोहम्मद र अब्दुल कादिरसहित तीन जनालाई पक्राउ गरिएको थियो ।

यी विष्फोटहरूको सम्बन्धमा दायर गरिएको आरोपपत्रमा सिमीका मुफ्ती बशर, सफदर मंसूरी र सफदर नागोरी बाहेक ५० जनालाई आरोपी राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्