सत्ता गठबन्धनको बैठक बिहान १० बजे बस्दै , एमसीसीबारे निर्णायक वार्ता हुने
काठमाडौँ , फागुन ६ । सत्ता गठबन्धनको बैठक आजबस्दैछ । बैठक बिहान १० बजे बस्ने भएको हो ।
अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता संसदमा पेश गरेर अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि बैठक फेरि आजका लागि बोलाएको हो ।
कांगेसले एमसीसी अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी विपक्षमा उभिएपछि यसअघि संसदमा टेबल गर्ने भनिएको तयारी केही दिन पछि धकेलिएको थियो।
१६ फागुनभित्र एमसीसी संसदबाट पारित गरिसक्नुपर्ने अन्तिम समयसीमा भएकाले प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा छन्।
त्यसैगरि प्रतिनिधिसभा बैठक पनि आज दिउँसो १ बजे बस्दैछ ।















प्रतिक्रिया दिनुहोस्