बालुवाटारमा पाँच दलीय गठबन्धन बैठक, एमसीसी बारे निर्णायक छलफल हुने

काठमाडौं, फागुन ५ । सत्तारुढ पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।

अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसद्‌बाट पास गराउने कुरामा तीव्र मतभेद भइरहेका बेला पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक केही बेरअघि सुरु भएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै हालतमा एमसीसी संसदमा पेश गर्ने अडान लिएपछि अहिले पाँच दलीय गठबन्धन संकटमा परेको छ।

पाँच दलमध्ये कांग्रेस मात्रै एमसीसी संसदमा लैजाने पक्षमा छ। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी एमसीसी यथाअवस्थामा पारित गर्न नहुने पक्षमा छन्। त्यस्तै राष्ट्रिय जनमोर्चा नेपाल एमसीसी खारेज गर्ने पक्षमा छ।

 

प्रतिक्रिया दिनुहोस्