यस्ता हुनेछन् ७५३ स्थानीय सरकार

काठमाडौं ।  सरकारले संघीय राजधानी काठमाडौं महानगरपालिकासहित देशका ७५३ वटै स्थानीय तहको नयाँ संगठन संरचना र दरबन्दी तयार पारेको छ। सरकारले संघीय ढाँचाअनुसार सबै स्थानीय सरकारको पुनः संरचना गर्दै नयाँ संगठन संरचना र दरबन्दी तयार पारेको हो।

समायोजनमा ढिलाइ भएकाले कर्मचारी स्थायी रूपमा समायोजन नहुँदासम्म तत्काल सबै स्थानीय तहलाई कामकाजी र प्रभावकारी बनाउन पुनः संरचना गदै नयाँ संगठन संरचना र दरबन्दी तयार पारिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकासहित सबै स्थानीय तह तदर्थ र कामचलाउ रूपमा सञ्चालित छन्। अधिकांश स्थानीय तह केन्द्रीकृत शासन प्रणलीकै संरचना र ढाँचामा रहँदा सेवा प्रभावकारी बन्न सकेको छैनन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सर्वसाधारणमा तत्काल संघीय शासनको अनुभूति दिलाउन पनि सबै स्थानीय तहको पुनः संरचना गर्दै नयाँ संगठन संरचगना र दरबन्दीको टुंगो लगाएर कर्मचारी खटाउने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्