एमसीसी फेल पनि हुन सक्छ : प्रधानमन्त्री देउवा
काठमाडौं, फागुन ५ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्ले टुंगो लगाउनुपर्ने बताएका छन् ।
कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’पुस्तकको बालुवाटारमा विमोचन गर्दै देउवाले पार्टी एमसीसीको पक्षमा रहेकाले संसद्बाट पारित गराउन लागि परेको बताएका हुन् । उनले पास या फेल जे पनि हुनसक्ने भएकाले संसदले निणर्य गर्ने बताए । एमसीसी पास गराउन कांग्रेसले एक मतले निणर्य गरेको उनले सुनाए । ‘हामीले पार्टी र संसदीय दलबाट एकमतले पास गर्ने निणर्य गरेका हौं, त्यसमा लागिरहेका छौ ।’
कांग्रेस सभापति देउवाले भने, ‘अब संसद्मा पास पनि हुन सक्छ, फेल पनि हुन सक्छ, थाहा छैन । राष्ट्रको हितमा छ भन्ने कुरा सत्य कुरा हो, हामीले मान्नु पर्छ ।’ उनले कुनै देशको खिलापमा नभइ राष्ट्रको पक्षमा बोल्नुपर्ने भएकाले कांग्रेस डराउन नहुने स्पष्ट पारे । उनले कांग्रेस न्यायका लागि प्रतिबद्ध पार्टी भएको स्पष्ट पारे । देउवाले पार्टीले गरेको कामको प्रचार हुन नसकेको बताए ।














प्रतिक्रिया दिनुहोस्