स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आठ अधिकारीको जिम्मेवारी हेरफेर

काठमाडौं, फागुन ४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आठ उच्च अधिकारीको जिम्मेवारी हेरफेर भएको छ । मंगलबार मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी ११औँ तहका आठ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रहेका डा। कृष्णप्रसाद पौडेललाई मन्त्रालयको नीति योजना महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ । डा. पौडेलको ठाउँमा यसअघि कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रहेका डा। चुमनलाल दासलाई ल्याइएको छ । कोसी अस्पतालमा डा। यज्ञ खरेललाई निमित्त मेसुको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र प्रमुखको जिम्मेवारी डा.यदुचन्द्र घिमिरेले पाएका छन् । डेढ महिनाअघि राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकबाट केन्द्रीय कारागार अस्पतालमा सरुवा गरिएकी डा। सुधा देवकोटालाई पुनः सोही केन्द्रमा फिर्ता गरिएको छ । केन्द्रीय कारागार अस्पताल प्रमुखको जिम्मेवारी डा। प्रकाश साहलाई दिइएको छ ।

त्यस्तै, राष्ट्रिय क्षयरोग केन्द्रमा यसअघि राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रका प्रमुख डा। सञ्जय ठाकुरलाई दिइएको छ ।

भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौलालाई कान्ति बाल अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारीमा पठाइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्