जेसुकै होस् ६ गते एमसीसी टेबल गरेरै छाड्छु, अब म ब्याक हुन्नँ : प्रधानमन्त्री देउवा

काठमाडौं, फागुन ४ ।  यति बेला एमसीसी सम्झौताविरुद्ध देशभर प्रदर्शन भइरहेको छ । आज मात्रै काठमाडौंस्थित नयाँ बानेश्वरमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी) सम्झौताको भएको थियो । यो सम्झौता खारेजि हुनुपर्ने माग गर्दै प्रर्दशन भइरहेका हुन् तर प्रधानमन्त्री देउवा भने एमसीसी टेबुल गर्ने अडानमा रहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ६ गते (शुक्रबार) बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल हुने बताएका छन् । गृहमन्त्री बालकृष्ण खाँणसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले एमसीसी आजै टेबुल गर्ने तयारी भएपनि सहमतिको लागि भोलि एक दिनको समय लिएको बताएका थिए । उनले अब बस्ने बैठकमा भने कुनैपनि हालतमा एमसीसी टेबुल गर्ने अडान लिएका छन् ।

प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँणसँग भनेका छन्–‘एमसीसी आजै टेबुल गर्ने कुरा थियो, तर सहमतिको लागि भोलि एक दिन छलफल हुन्छ, सहमति भएपनि वा नभएपनि अब बस्ने बैठकमा भने एमसीसी टेबुल हुन्छ, अब म ब्याक हुन्नँ । यो विषयमा संसद्मा छलफल होस भन्ने म चाहन्छु ।’

संसद् बैठक बस्नुअघि आजमात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटवार्तापछि प्रधानमन्त्री देउवाले आजको बैठकमा एमसीसी टेबुल नगर्नेबारे सहमति जनाएका थिए । भोलि नै प्रधानमन्त्री देउवाले गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुसँग यो विषयमा छलफल गर्ने बताइएको छ ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज छलफल भएको छ । आज
भएको छलफलमा एमसीसी आज पेश नगर्ने सहमति भएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार भोलि ३ बजे गठबन्धनका नेताहरुको बैठक बस्ने सहमति भएको छ । एमसीसीबारे सो बैठकले थप निणर्य गर्ने बताइएको छ । यता कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले पनि दलहरुबीच सहमति जुटाएर अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी फागुन ६ गते संसद बैठकमा टेबुल गने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्