इमर्जिङ नेपालको आइपीओ बाँडफाँट आज , २३ लाख भन्दा धेरैको हात रित्तो हुने

काठमाडौं, फागुन ४ । इमर्जिङ नेपालको लिमिटेडको साधारण सेयर (आइपीओ)को बाँडफाँट आज हुने भएको छ ।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार आज (बुधबार)  ३ः३० बजे बाँडफाँट हुन लागेको हो । कम्पनीले माघ २६ गतेबाट आइपीओ निकष्काशन गरेको थियो ।

प्रति कित्ता १०० रुपैयाँको दरले निष्काशन गरेको ५ लाख ५५ हजार ६०० कित्ता आइपीओमा २ अर्ब ७९ करोड ३६ लाख ३६ हजार रुपैयाँको आवेदन परेको छ । २४ लाख २५ हजार ५३१ जनाले २ करोड ७९ लाख ३६ हजार ३६०० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले गरेको निष्काशनमध्ये ११ हजार ११२ कित्ता सेयर कर्मचारी, २७ हजार ७८० कित्ता म्युचुअल फन्ड र बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारणको लागि रहेको थियो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्धारा बाँडफाँट गरिने छ । गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गर्दा ५१ हजार ६७० जनाले मात्रै आईपीओ पाउनेछन् । बाँकी रहेको ८ जनाले भने ११ कित्ताका दरले दिनेछ । बाँकी २३ लाख ६४ हजार भन्दा बढीको हात रित्तो हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्