राष्ट्र उत्थान लघुवित्तको आइपीओ आजदेखि खुल्यो,कति कित्ता दिने आवेदन ?

काठमाडौं, फागुन ४ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधारणका लागि साधारण शेयर बुधबारदेखि निष्काशन तथा बिक्री खुला गरिएको छ । लघुवित्तले सर्वसाधारणका लागि आज (फागुन ४ गते बुधबार) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गर्ने भएको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषहरुलाई र बाँकी ७ लाख ९४ हजार ५ सय कित्ता शेयर सर्वसाधारणहरुका लागि छुट्याइएको छ ।हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी २६ करोड रुपैयाा पुग्नेछ ।

लघुवित्तको आइपीओमा छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । यो कम्पनीमा पनि अत्यधिक आवेदन पर्ने निश्चित जस्तै छ त्यसैले केबल १० कित्ता मात्र आवेदन दिए पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्