नेपाल बन्द: बिहानैदेखि ७७ वटै जिल्ला प्रशासनले बढाए सुरक्षा सतर्कता, ६ राजनीतिक दल सडकमा

काठमाडौं, फागुन ४ । विभिन्न ६ राजनीतिक दलले बुधबार नेपाल बन्द आह्वान गरेपछि गृह मन्त्रालयले शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिएको छ । सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो ।

विभिन्न राजनीतिक दलले फागुन ४ गते अर्थात् आज नेपाल बन्दको आह्वान गरेका छन् । उक्त बन्दको होहल्ला लागू नगराउन र कानुन विपरितका गतिविधिहरु रोक्न प्रहरी प्रशासनलाई पनि आग्रह गरेको छ ।

आज बिहानैदेखि ७७ वटै जिल्ला प्रशासनले सुरक्षा सतर्कता बढाएका छन् । बन्दको हल्लासँगै लामो दूरीका गाडी कम मात्रामा गुडेको र केहि विद्यालयहरुले बिहानी कक्षा बन्द बन्द गरेको प्रशासनले जनाएको छ ।

एमसीसी पास भए सरकार ढल्ने

नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न माओवादी सहयोगी नबन्ने बताएका छन् ।

पूर्व सभामुख समेत रहेका महराले मंगलबार माओवादी केन्द्र कोहलपुर नगर समिति, बाँकेको विस्तारित बैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् । उनले माओवादी एमसीसीको पक्षमा नरहेको बताएका छन् । माओवादीका प्रभावशाली नेता महराले संसदबाट एमसीसी पारित गर्न खोजिए बर्तमान सरकार ढल्न सक्ने संकेत गरेका छन् ।

‘गठबन्धन सरकारलाई जोगाउने हो भने एसीसी रोक्नु पर्छ,’ उनले भने, ‘यो परियोजना नेपालको हितमा छैन । केही दिनभित्रै एमसीसीबारे टुंगो लाग्ला ।’ महराले आफू सभामुख हुँदा एमसीसीलाई संसदमा टेबुल गर्न अस्वीकार गर्दै आएको चर्चा छ । एमसीसीलाई संसदमा प्रवेश नदिएकै कारण तत्कालीन प्रधानमन्त्री केपी ओली अहिलेका सभामुखसँग जस्तै महरासँग पनि रुष्ट थिए ।

प्रतिक्रिया दिनुहोस्