रुसद्वारा युक्रेनी सीमाबाट केहि सेना फिर्ता गर्ने घोषणा
काठमाडौँ , फागुन ३ । । रुस र युक्रेनबीच जारी तनावका बीच रुसी रक्षा मन्त्रालयले ठूलो घोषणा गरेको छ ।
समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार रुसी रक्षा मन्त्रालयले युक्रेनको सिमानामा तैनाथ केही सैनिक सैन्य अभ्यासमा भाग लिएर आफ्नो बेसमा फर्किएको बताएको छ ।
तर, योसँगै रुसमा ठूलो मात्रामा सैन्य अभ्यास जारी रहने पनि बताइएको छ ।
विगत केही महिनादेखि रुसले युक्रेनको सीमामा ठूलो संख्यामा सैनिक तैनाथ गरेको छ । अमेरिकालगायत धेरै पश्चिमी देशहरूले रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरिरहेको आरोप लगाएका छन् । तर, रुसले यसलाई अस्वीकार गर्दै आएको छ ।
धेरै देशले रुसलाई युक्रेनमा आक्रमण गरे नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्