काठमाडौँ उपत्यकामा थपिए २६५ संक्रमित, सक्रिय संक्रमित कति छन् ?
काठमाडौँ, माघ २८ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २६५ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा २०३ जना, ललितपुरमा ४५ जना र भक्तपुरमा १७ जना गरि कुल २६५ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै हाल काठमाडौँ उपत्यकामा कुल ११ हजार ५४३ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा ६ हजार ६६९ ललितपुर जिल्लामा ३ हजार ४४८ र भक्तपुर जिल्लामा १ हजार ४२६ रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ६६६ र एन्टीजेन परिक्षणबाट ४६२ गरि कुल ११२८ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २२१५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९६ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले १०९ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १७ हजार ४४७ पिसिआर र ३५४२ नमुना एन्टीजेन परिक्षण गरि कुल २० हजार ९८९ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ४४१ पुगेका छन् ।
पछिल्लो कोरोनाबाट थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ८८७८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्