थप १ हजार १२८ मा कोरोना संमण पुष्टि, १४ संक्रमितको मृत्यु
नेपालमा थप ११२८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ६६६ र एन्टीजेन परिक्षणबाट ४६२ गरि कुल ११२८ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
बमबम
त्यस्तै पछिल्लो २४ घण्टामा २२१५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९६ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले १०९ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १७ हजार ४४७ पिसिआर र ३५४२ नमुना एन्टीजेन परिक्षण गरि कुल २० हजार ९८९ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ४४१ पुगेका छन् ।
पछिल्लो कोरोनाबाट थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ८८७८ पुगेको छ । यता














प्रतिक्रिया दिनुहोस्