स्थानीय निर्वाचन : डिजिटल भोटिङको सम्भाव्यताबारे परामर्शमा आयोग

काठमाडौं, माघ २६ ।  निर्वाचन आयोगले डिजिटल भोटिङको सम्भाव्यताबारे परामर्श सुरु गरेको छ। आयोगका पदाधिकारीले भोटिङको सम्भाव्यताबारे अहिले विज्ञसँग परामर्श गरिरहेका छन्। आयोगले राम र लक्ष्मण रिमालले तयार पारेको डिजिटल भोटिङ मेसिनबारे परामर्श गरिरहेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोग अन्तिम अवस्थामा भए पनि काठमाडौं उपत्यकाका केही ठाउँमा मात्रै भए पनि इलेक्ट्रोनिक भोटिङको सुरुवात गर्न चाहेको बताए। उनले नेपालमै पनि इलेक्ट्रोनिक भोटिङ मेसिनको अभ्यास भइरहेको र यसलाई आयोगले पनि ‘प्रमोट’ गर्ने र ई–भोटिङमा पनि जान सकिन्छ भन्ने सन्देश दिने योजनाअनुसार आयोगले काम गरिरहेको बताए।

प्रमुख आयुक्त थपलियाले ई–भोटिङका लागि सबैभन्दा पहिले राजनीतिक दल तयार हुनुपर्ने बताए । निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सकिन्छ भन्नेमा चुनौती रहेकाले आयोगले यसलाई चिर्ने प्रयास गरिरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्