आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित, फागुन २ का लागि सारियो

काठमाडौं , माघ २६ । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक फागुन २ गतेसम्मका लागि सारिएको छ । सरकारको आग्रहमा आज बस्ने भनिएको बैठक फागुन २ गतेका लागि सारिएको सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

सभामुख सापकोटाले बैठक स्थगनको सूचना जारी गर्न संसद् सचिवालयलाई निर्देशन दिइसकेको उनले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले आजको बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेका थिए । तर त्यस विषयमा सत्तारुढ गठबन्धनभित्रै सहमति भने जुटेको छैन ।

एमसीसीबारे सहमति जुटाउन प्रधानमन्त्रीले समय लिएको बताइएको छ । आज बस्ने भनिएको बैठकको सम्भावित कार्यसूचीमा एमसीसी टेबुल गर्ने विषय राखिएको थिएन । प्रधानमन्त्री देउवाले हिजो मङ्गलवार बेलुकी कानुन मन्त्री दिलेन्द्रप्रसाद बडूलगायतका नेताहरूलाई बालुवाटार बोलाएर छलफल गरेपछि संसद् बैठक सार्न सभामुखलाई आग्रह गरिएको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस्