काठमाडौँ उपत्यकामा आज कति थपिए संक्रमित ?

काठमाडौँ, माघ २५ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४५१ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा ३३८ जना, ललितपुरमा ७० जना र भक्तपुरमा ४३ जना गरि कुल ४५१ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै हाल काठमाडौँ उपत्यकामा कुल १६ हजार ८२९ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा ८ हजार ९४२ ललितपुर जिल्लामा ५ हजार २८३ र भक्तपुर जिल्लामा २ हजार ६०४ रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ११८४ र एन्टीजेन परिक्षणबाट ७७३ गरि कुल १९५७ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५१०३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९५ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १४० जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ५८७ पिसिआर र ४१०५ नमुना एन्टीजेन परिक्षण गरि कुल १२ हजार ६९२ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार १८१ पुगेका छन् । त्यस्तै आइसीयुमा २५६ जना छन् भने देशभर ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा ११९८ जना छन् भने होम आइसोलेसनमा ३४ हजार ९८३ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्