बढ्यो सुनको भाउ, कति पुग्यो आज तोलाको ?

काठमाडौं, माघ २५ । नेपाली बजारमा आज  छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर ९३ हजार १०० रुपैयाँ पुगेको छ । पहेंलो धातु सोमबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ छ, जुन अघिल्लो दिन ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार २६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८१९ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्