यथास्थितिमा एमसीसी स्वीकार्न सकिंदैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं , माघ २३ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा एमसीसी पास नहुने स्पष्ट पारेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा हस्ताक्षरित ‘अति गोप्य’ पत्र सार्वजनिक भएपछि नेता श्रेष्ठले यथास्थितिमा एमसीसी सम्झौता स्वीकार नगर्ने उल्लेख गरेका हुन् ।

उनले एमसीसीप्रति पार्टीको अडानमा कुनै द्विविधा र भ्रममा नपर्न उल्लेख गरेका छन् । ‘प्रम देउवा र अध्यक्ष प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसीसी कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टीपंक्ति र सबैमा अनुरोध छ । पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्वीकार गरिने छैन,’ उनले ट्वीटरमा उल्लेख गरेका छन् । योसँगै अब अब गडबन्धनमा विवाद उत्पन्न भएको छ । यस्तो भएपछि सत्तारुढ गठबन्धन टुट्ने संकेत देखिएको छ ।

प्रधानमन्त्री देउवाले एमसीसी र स्थानीय तहको निर्वाचनको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने तयारी गरेपछि प्रचण्ड असन्तुष्ट भएका हुन् ।

देउवा र प्रचण्डबीच भएको टेलिफोन वार्तामा एमसीसीको विषयमा असन्तुष्टि व्यक्त गरेको बुझिएको छ । प्रचण्ड उनले एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएपछि प्रधानमन्त्री देउवासँग असन्तुष्ट भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्