जोर-बिजोर प्रणाली हटाउन सिफारिस, फागुन १ देखि विद्यालय खुल्ने

काठमाडौं, माघ २३ । काठमाडौं उपत्यकाभित्र यातायातमा लागु जोर- बिजोर हटाउन सिफारिस गरिएको छ।कोरोना संक्रमणदर घट्दै गएको भन्दै सिसीएमसीको आज बसेको बैठकले जोर-बिजोर हटाउन सिफारिस गरेको हो।

अहिले निजी सवारी साधन र ट्याक्सीहरूमा जोर(बिजोर प्रणाली लागु थियो। साथै फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय पनि भएको छ। माघभर विद्यालय बन्द गरिएको थियो। माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए।

रात्रिकालीन व्यवसाय र खेलकूद पनि सञ्चालन गर्न सहज बनाउने सिफारिस भएको स्रोतले जनाएको छ। कोरोना संक्रमण घट्दै गएकाले अब सहजीकरण गर्दै लैजाने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्