प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्न ओली आज बालुवाटार जादै, मुख्य एजेण्डा निर्वाचन र एमसीसी
काठमाडौं, माघ २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री देउवा र ओलीबीच आइतबार अपरान्ह ४ बजे बालुवाटारमा भेटवार्ता हुने बताइएको छ । गत असार २९ गते देउवा प्रधानमन्त्री बनेपछि ओली प्रधानमन्त्रीबाट हटेको करिब सात महिनापछि बालुवाटार जान लागेका हुन् ।
स्रोतका अनुसार प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन मिति तोक्ने तथा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा सहमति बनाउने प्रयास अनुरुप ओलीसँग छलफल गर्न लागेका हुन् ।
एमसीसीक विषयमा सत्तारुढ गठबन्धनमा विवाद देखिएका बेला प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीचको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्