देउवा-प्रचण्डलाई एमसीसी मुख्यालयको पत्र : फेब्रुअरी २८ भित्र एमसीसी पास गर्नू (पत्रसहित)

काठमाडौं, माघ २३ ।  अमेरिकाको वासिङ्टन डिसीस्थित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) ले प्रतिबद्धता गरेबमोजिम एमसीसी पारित गर्ने प्रक्रिया अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई आग्रह गरेको छ ।

एमसीसी मुख्यालयले पत्र पठाउँदै प्रतिबद्धताअनुसार एमसीसी पारित गर्न आग्रह गरेको हो । फेब्रुअरी ३ मा एमसीसी मुख्यालयले संयुक्तरुपमा प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाललाई पत्र पठाएको हो । प्राप्त गोप्य पत्रमा सन् २०२२, फेब्रुअरी २८ भित्रमा एमसीसी मुख्यालयसँग प्रतिबद्धता गरेबमोजिम एमसीसी पारित गर्न देउवा र प्रचण्डलाई आग्रह गरेको उल्लेख छ ।

‘तपाईहरुले सेप्टेम्बर २९ मा एमसीसी पास गर्ने समय थप गरिदिन लिखित पत्र पठाउनु भएको थियो, त्यसमा सकारात्मक हुँदै हामीले म्याद दिएका हौं, अब गठबन्धन दल र संसदलाई समय सीमाभित्र नै एमसीसी पारित गर्न आमी आग्रह गर्दछौं,’ पत्रमा उल्लेख छ । यदि संसद्बाट अनुमोदन नभए नेपालसँगको एमसीसी सम्झौता रद्द गर्ने निणर्य लिने जानकारी गराएको छ ।

हेर्नुस् पत्र

प्रतिक्रिया दिनुहोस्