प्यूठानमा जन्ती चढेको जीप दुर्घटना: आठको मृत्यु, बेहुला-बेहुलीसहित पाँच घाइते, केहिको अवस्था गम्भिर
काठमाडौं, माघ २२ । प्यूठानमा बेहुली लिएर फर्कदै गरेको सवारी जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । शुक्रबार राति १ बजे ग १ ज ५०९३ नम्बरको जीप गौमुखी गाउँपालिका-६ ओखरपाटामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिए ।
मृत्यु हुनेमा स्थानीय एकै घरका श्रीमान बसन्त खड्का, श्रीमती बसन्ता खड्का, छोरी एलिशा खड्का छन् । त्यस्तै, सोही ठाउँकी केशरी खड्का, नन्दी खड्का, खिम खत्री, बले बुढा मगर रहेका छन् । एक जना लुङका व्यक्तिको पहिचान हुन सकेको छैन । मृत्यु हुनेहरु गौमुखी गाउँपालिका(६ का स्थानीय हुन् ।
दुई जनाको उपचारको क्रममा प्यूठान अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा बेहुला(बेहुलीसहित पाँच जना घाइते भएका छन् । घाइतेहरुको प्यूठान अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । घाइते अधिकांशको अवस्था गम्भिर रहेको जनाइएको छ । दुर्घटनाग्रस्त जीप सडकदेखि करिब ३ सय मिटर तल खोलामा खसेको छ ।
प्रतिक्रिया दिनुहोस्