सुरक्षाको भरपर्दो व्यवस्था गर्न सबै निकायलाई प्रधानमन्त्री देउवा निर्देशन
काठमाडौं, माघ २१ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।
रक्षा मन्त्रालयको कार्यभार समेत सम्हाल्नु भएका प्रधानमन्त्री देउवाले सुरक्षा सुशासन र विकासको पूर्वसर्त भएको उल्लेख गर्दै यसको भरपर्दो व्यवस्था गर्न सम्बन्धित सबै मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन् ।
शुक्रबार सिंहदरवारस्थित रक्षा मन्त्रालयको दोस्रो चौंमासिक समीक्षा बैठकमा उनले विकास निर्माणको कामलाई सहज ढंगले अघि बढाउन पनि सुरक्षा जस्तो संवेदनशील विषयलाई उच्च प्राथमिकता दिनुपर्ने स्पष्ट पारे ।
बेठकमा प्रधानमन्त्री देउवाले चालू आर्थिक वर्षको कार्यक्रम समयमै सम्पन्न गराउन पनि आफ्नो मन्त्रालयलाई सचेत गराउनु भएको रक्षासचिव किरणराज शर्माले जानकारी दिए ।
सो अवसरमा नेपाली सेनाको सबलीकरण, आधुनिकीकरण, सैनिक विश्वविद्यालयको स्थापना लगायतका विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्