हवाई इन्धनको मूल्य बढेसँगै बढ्यो हवाई भाडा पनि , हेर्नुहोस् कुन ठाउँको कति बढ्यो ?
काठमाडौं, माघ २० । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा सञ्चालक संघले हवाई भाडा पनि बढाएको छ।
सबैभन्दा बढी भाडा काठमाडौं–धनगढीको ४४५ रुपैयाँ बढेको छ। अब यो सेक्टरको न्यूनतम भाडा ५ हजार १२५ रुपैयाँ पुगेको छ।
आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ बढाएको थियो। सबैभन्दा कम काठमाडौं–पोखरा गन्तव्यमा १६० रुपैयाँ भाडा बढेको छ।
हेर्नुस् कहाँ कति बढ्यो भाडा:
प्रतिक्रिया दिनुहोस्