एमसीसीका विषयमा प्रचण्डको आयो यस्तो धारण , भन्छन्- तत्काल निर्णय गर्न कठीन छ
काठमाडौं, माघ २० । अमेरिकाको आर्थिक अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा प्रचण्ड निर्णायक दबाबमा परेका छन्।
एक महिनाअघि मात्र प्रचण्डले एमसीसीका कतिपय प्रावधान देशहितमा नभएको ठहरसहितको राजनीतिक प्रतिवेदन पार्टीको राष्ट्रिय महाधिवेशनबाट पारित गराएका थिए।
लगत्तै अहिले सत्ता साझेदार नेपाली कांग्रेसले एमसीसी अनुमोदनका लागि दबाब दिएपछि प्रचण्ड अप्ठेरोमा परेका हुन्। त्यति मात्रै होइन प्रधानमन्त्री देउवाले जसरी पनि संसद्को चालु अधिवेशनमा एमसिसी सम्झौता पेस गरी अनुमोदन गराउने नीति लिएपछि सत्ता गठबन्धन दलका नेताहरूबीच खटपट उत्पन्न पनि भएको छ ।
एमसीसी , स्थानीय तहको निर्वाचन लगाएतका विषयमा छलफल गर्न नेताहरुको भेटघाट तिब्र रुमा अगाडि बढेको छ । शिर्ष नेताहरुले भेटघाटका कार्यक्रमलाई तिब्रता दिएका हुन् । सोहि क्रममा आज मात्रै प्रचण्डले यस विषयमाबोलेका छन् । प्रचण्ड ले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ( एमसीसी)बारे तत्काल निर्णय गर्न कठीन रहेको बताएका छन्। पार्टीको कर्णाली प्रदेश बैठकलाई भर्चुअल सम्बोधन गर्दै उनले यही अवस्थामा एमसीसीबारे निर्णय लिन कठीन भएको बताएका हुन्।
‘एमसीसीबारे तत्काल निर्णय गर्न कठीन छ। एमसीसीका विभिन्न बुँदाहरुमा धेरै जनाको असहमति रहेको छ। ती बुँदाहरुलाई संसोधन गरेर हुन्छ या कसरी हुन्छ, छलफल र विमर्ष गरेरमात्र यसबारे निर्णय गर्न सकिन्छ,’ बैठकमा उनले भने।
उनले एमसीसीमा संशोधन गर्ने बुँदाहरुबारे सत्तारुढ गठबन्धन दलका नेताहरुबीच छलफल भइरहेको पनि तबाउ । ुकुन बुँदा संशोधन गर्ने भन्ने विषयबारे पनि छलफल भइरहेको बताउँदै उनले छलफलपछि बल्ल निचोड निस्किने उनको भनाइ रहेको छ ।
एक अर्को प्रशंगमा प्रचण्डले कुनै पनि हालतमा सत्ता गठबन्धन नटुट्ने बताए ।’प्रतिगमनको खतरा व्यापक छ। अहिले जसरी पनि गठबन्धन भत्काउन खोजिएको छ। तर निश्चित कार्यको लागि गठबन्धन बनेकाले यो अहिल्यै टुट्दैन,’ उनले भने।
प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिबारे सम्बोधन गर्दै आगामी स्थानीय निर्वाचन तयारीका लागि पार्टी पंक्तिलाई निर्देशन दिए यता प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसीसी पास गर्नुपर्ने सत्तारुढ दलहरुबीच प्रस्ताव गरेका छन्।
उनले गठबन्धन भत्काएर भए पनि एमसीसी पास गर्ने रणनीति लिएपछि अहिले एमसीसीका विषयमा व्यापक छलफल भइरहेको छ। माओवादीभित्र एमसीसीको विषयमा विभिन्न धारहरु रहेको भन्दै प्रचण्डलाई यस विषयमा धारणा बनाउन अफ्ठ्यारो पनि भएको छ ।
प्रतिक्रिया दिनुहोस्