भारतमा थप एक लाख ७२ हजार जनामा कोरोना संक्रमण
काठमाडौं, माघ २० । भारतमा पछिल्लो २४ घण्टामा देशभर एक लाख ७२ हजार ४३३ जनामा कोरोना सङ्क्रमण
पुष्टि भएको छ । उक्त विवरण त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यसै अवधिमा कोरोना सङ्क्रमणको कारण एक हजार ८ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ। यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण मृत्यु भएका कुल संख्या ४ लाख ९८ हजार ९८३ पुगेको छ।
हाल देशमा १५ लाख ३३ हजार ९२१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालय थप जानकारी दिएको छ। यस अवधिमा ८७ हाजार ६८२ जना सक्रिय सङ्क्रमित घटेका समाचारमा जनाइएको छ। लगातार १० औं दिनसम्म भारतमा सक्रिय सङ्क्रमित संख्या घटेको मन्त्रालयले बताएको छ।
हालसम्म कुल तीन करोड ९७ लाख ७० हजार ४१४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने गत २४ घण्टामा २ लाख ५९ हजार १०७ जना निको भएका छन्।
प्रतिक्रिया दिनुहोस्