जाल्पा सामुदायिक लघुवित्तको आईपीओ भोलिबाट , कति कित्तामा दिने आवेदन ?

काठमाडौं, माघ २० । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले  शुक्रबारदेखि आईपीओ निष्काशन गर्ने भएको छ। संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।

लघुवित्तले निष्काशन गर्न लागेको कूल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषलाई सुरक्षित गरेको छ।

सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा २५ माघसम्म आवेदन दिन पाइनेछ। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्