जेठमै स्थानीय तहको निर्वाचन हुनुपर्छ , सरकारले भाग्न पाउँदैनः अध्यक्ष ओली

काठमाडौं, माघ १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन्।

बुधबार भक्तपुरको जर्मन हस्पिटालिटीमा पार्टी प्यालेसमा बसेको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधनका क्रममा ओलीले यस्तो बताएका हुन. ।

ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने अडान लीएका छन् । सरकारको स्वेच्छाको विषय हुन नसक्ने भएकाले उक्त मितिमा चुनाव गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

अध्यक्ष ओलीले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने तर्क गर्दै जेठ ५ भित्रमै चुनाव गर्नुपर्ने  औंल्याए ।ओलीले गठबन्धन सरकारका दलका नेताहरुले २०७९ चैत्रमा निर्वाचन गर्ने भनेर अफवाह फैलाइरहेको पनि बताए ।

साथै ओलीले पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगाएको आरोप लगाएका छन् । सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई देशको चिन्ता नभएकाले देशलाई गठबन्धनले ओरालो यात्रामा पुर्याएको बताए ।

उनले सम्बोधनका क्रममा कोरोनाविरुद्धको २४ लाख खोप हराउनु सरकारको गम्भीर लापरबाही भएको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्