दौडधुपमा नेताहरु ! प्रधानमन्त्री, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं, माघ १९ । पछिल्लो समय स्थानीय तहको निर्वाचन, एमसीसीलगायत विषयले प्राथमीकता पाएको छ । यसै विषयमा रहेर नेताहरुको भेटघाट तथा छलफल पनि जारी रहेको छ ।

अहिले नेताहरूले छलफल र परामर्शलाई अगाडि बढाएका छन्। सोहि क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बुधबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड र नेपाल बालुवाटार पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले बताएको छ । भेटमा गृहमन्त्री बालकृष्ण खाँड र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए ।

मंगलबार प्रधानमन्त्रीसँगको भेटमा निर्वाचन आयोगका पदाधिकारीले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सरकारलाई परामर्श दिएका थिए । प्रधानमन्त्री देउवाले गठबन्धनमा छलफल गरेर सरकारले मिति तोक्ने बताएका थिए । त्यस्तै पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने तयारी गरेका छन् ।

बुधबार प्रचण्ड र नेपालसँग प्रधानमन्त्रीले यीनै विषयमा कुराकानी गरेको प्रधानमन्त्रीनिकट स्रोत ले जनाएको
छ । यता एमसीसले सत्ता गठबन्धनमा विवाद ल्याउने सम्भावना पनि देखिएको छ । उक्त विषयलाई लिएर सत्ता गठबन्धन दलहरूका बीचमा मतभेद छ । यस विषयमा निकास खोज्न लागि परेका छन् । त्यसैगरि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको छ ।

आयोगको सिफारिस अनुसार निर्वाचनको मिति तोक्ने प्रधानमन्त्रीको तयारी छ । अब बस्ने मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति घोषणा गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस्