गृहमन्त्रीले बोलाए सुरक्षा समितिको बैठक, स्थानीय निर्वाचन तयारी बारे छलफल हुने
काठमाडौं , माघ १९ । गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।सरकारले आउँदो जेठ महिनामा स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने भएपछि उनले बैठक बोलाएका हुन् ।
सुरक्षा समितिको बैठक बुधबार अहिले दिउँसो १ बजे गृह मन्त्रालयमा बस्न लागेको हो । सरकारले आगामी जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ । यस कारण चुनावी सुरक्षाबारे छलफलका लागि गृहमन्त्रीले यो बैठक बोलाएका हुन् ।
बैठकमा सबै सुरक्षा निकायका प्रमुख र गृह मन्त्रालयका अधिकारीहरु सहभागी हुनेछन् । निर्वाचन आयोगले जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष मंगलबार गरेको छ ।
देउवाले पनि उक्त प्रस्तावमा सहमति जनाउँदै बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकबाट मिति घोषणासम्बन्धी निणर्य लिने बताएका छन् । यस्तै सुरक्षा समितिको बैठकमा कोभिडको तेस्रो महामारी रोकथामका विषयमा पनि छलफल हुने गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्