आज एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै 

काठमाडौँ , १९ माघ । आज एमालेका केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । उक्त बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सचिवालय बैठकमा हुने छलफलका आधारमा पार्टीले भावी कार्यक्रम र एजेण्डा तय गर्ने बताए । अहिले कोरोनाका कारण सचिवालय बैठकमार्फत निर्णयमा पुग्ने तयारी भएको उनको भनाइ छ ।

एमाले केन्द्रीय सचिवालयमा केन्द्रीय अध्यक्षसहितका पदाधिकारी रहने व्यवस्था छ । एमालेमा हाल अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्षहरू ६,उपमहासचिव ३ र सचिव ७ गरी १९ जनाको सचिवालय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्