स्थानीय चुनाव जेठ ४ मा एकै चरणमा गर्नेबारे प्रधानमन्त्री र आयोग पदाधिकारीबीच छलफल
काठमाडौं , माघ १८ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच स्थानीय तह निर्वाचनबारे छलफल भएको छ । स्थानीय तहको चुनाव जेठ ४ गते एकै चरणमा गर्ने विषयमा सरकार र निर्वाचन आयोगबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।
प्रधानमन्त्री देउवाले निर्वाचनको मिति तोक्नेबारे छलफलका लागि आयोगका पदाधिकारीलाई बालुवाटार बोलाएका हुन् । आयोगले भने जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ । यसबारे एकै चरणमा चुनाव गर्नेबारे आयोगसँग प्रधानमन्त्रीले छलफल गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्