जेठ ४ भित्रै स्थानीय तहको चुनाव हुन्छ, एमसीसी पनि पारित हुन्छ : प्रधानमन्त्री देउवा
काठमाडौं, माघ १८ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ४ गते नै हुने स्पष्ट पारेका छन् । उनलाई भेट्न पुगेका वागमती प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने बताएका हुन् ।
उनले एमसीसी पनि पारित गर्ने तयारी भइरहेको जानकारी गराएका थिए । भेटमा सहभागी कांग्रेस नेता किरण गिरीले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भने, ‘स्थानीय तहको निर्वाचन जेठ ४ मा हुन्छ । त्यसको लागि तयारी गर्नू । एमसीसी पनि पारित हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्