एमसिसीका विषयमा अमेरिकाको लगातार चासो , पारित गर्न दबाब
काठमाडौं, माघ १८ । पछिल्लो समय अमेरिकाले एमसिसीका विषयमा लगातार चासो व्यक्त गर्दै आएको छ । स्रोतका अनुसार एमसिसीका पदाधिकारीहरूले अमेरिकाबाट दलका शीर्ष नेताहरूसँग प्रत्यक्ष संवाद गर्दै पारित गर्न दबाब दिइरहेका छन् ।
त्यसअघि सम्झौता कार्यान्वयनका लागि धेरै समय पर्खिन नसकिने भन्दै गत भदौमा एमसिसी उपाध्यक्ष फातिमा सुमार र मंसिरमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमण गरेर शीर्ष राजनीतिक नेतालाई भेटेका थिए ।
त्यसपछि मंसिरमै अमेरिकामा बसेको एमसिसीको बोर्ड अफ डाइरेक्टर्सको बैठकले नेपाललाई केही समय पर्खिने निर्णय गरेको थियो । त्यसपछि नेपालमा प्रमुख राजनीतिक दलका महाधिवेशनहरू सुरु भएपछि एमसिसीको विषय ओझेलमा परेको थियो ।
अहिले पुनः प्रधानमन्त्री देउवाले अमेरिकाले १ फेब्रुअरीभित्र पारित नगरे फिर्ता लिने भन्दै संसदमा दर्ता गर्न गठबन्धनमा प्रस्ताव लिएपछि चर्चा सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्