धरानमा कोरोना संक्रमित एक महिलाको मृत्यु
काठमाडौँ , १८ माघ । धरानमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सुनसरीको धरान नगरपालिका–८ का ५२ वर्षीय महिलाको मृत्यु भएको हो ।
उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सोमबार राति १०ः०० बजे मृत्यु भएको हो ।
प्रतिष्ठानका अनुसार माघ १६ गते उनलाई कोरोना पुष्टि भएको थियो । मृतकमा उच्च रक्तचाप, मधुमेहह तथा लिभरसम्बन्धी समस्या थियो ।
प्रतिक्रिया दिनुहोस्