प्रदेश नं १ मा दुई दिने आर्थिक सम्मेलन गर्ने

काठमाडौँ , १७ माघ । उद्योग संगठन मोरङले प्रदेश १ मा दुई दिने आर्थिक सम्मेलन आयोजना गर्ने भएको छ ।

प्रदेश १ को विराटनगरमा यो सम्मेलन गर्न लागेको संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिनुभयो । उहाले यही वर्षको फागुन १३ र १४ गते ‘पाथवेटु प्रोसपेरिटी प्रोभिन्स वान’ भन्ने थिममा आर्थिक सम्मेलन हुन लागेको बताउनुभयो ।

प्रदेश १ को आर्थिक एवं औद्योगिक विकासको आगामी मार्गचित्र तयार गर्ने लक्ष्यसहित सरकार, नीजि क्षेत्र, प्राज्ञिक क्षेत्र एवं मिडिया क्षेत्रको सहभागितामा सम्मेलन गर्न लागिए समेत जानकारी दिनुभयो ।

प्रदेश १ को आर्थिक एवं सामाजिक विकासका लागी दिर्घकालिन सोच ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ र ‘सामाजिक न्याय सहितको समृद्ध प्रदेश निर्माण गर्ने’ लक्ष्य निर्धारण गर्न यो सम्मेलनले सहयोगी भूमिका खेल्ने अपेक्षा राखिएको छ । सम्मेलनमा प्रदेश नं १ को आर्थिक एवं औद्योगिक विकासका सम्भावनाहरु के के रहेका छन् त ? यस क्षेत्रको विकासका लागि हालसम्म के कस्ता प्रयासहरु भएईरहेका छन् ? भन्ने जस्ता विषयमा खोतलिने आयोजकले जानकारी दिनुभयो ।

यस्तै, कुन कुन क्षेत्रमा कस्ता नीति तथा कार्यक्रमहरु कार्यान्वयन गरिए ? र त्यस्ता नीति तथा कार्यक्रमहरुको उपादेयता कस्तोे रह्यो भन्ने बिषयमा बृहत छलफल गर्ने समेत बताइएको छ ।

पूर्व अर्थ सचिव एवं उद्योग संगठनका विशिष्ठ सल्लाहकार रामेश्वर खनालले कार्यपत्र प्रस्तुत गर्नेछन् भने संघीय सरकारका अर्थमन्त्री, प्रदेश सरकारका मन्त्रीहरु, विभिन्न मन्त्रालयका सचिवहरुलाई सहभागी गराउने समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्