आलटाल नगरी एमसीसी पारित गरौं, यही बहानामा गठबन्धन नटुटोस् : भट्टराई
काठमाडौँ , १७ माघ । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताउनु भएको छ ।
यही बहानामा सत्ता गठबन्धन नटुटोस् भन्दै उहाले सर्वसहमतिले एमसीसी पारित गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको हो । पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सन्जालमार्फत लेख्नुभएको छ, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाऔं, यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् ।’
एमसीसी प्रकरण नेपालका रुढीवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस् भन्दै भट्टराईले थप लेख्नु भएको छ हाले – देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् । शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका लागि सत्ता गठबन्धन टुटाउने चेतावनी दिएपछि पूर्वप्रधानमन्त्री भट्टराईको यो धारणा सार्वजनिक भएको हो । प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पारित गराउने पहल समेत थालिसकेको उहाले जानकारी दिनुभयो ।







प्रतिक्रिया दिनुहोस्