विकासमैत्री नीति नहुँदा विकासमा बाधा, सबै समस्याको जड राजनीति : अर्थमन्त्री शर्मा

काठमाडौं, माघ १६ । अर्थमन्त्री जनार्दन शर्माले विकासमैत्री नीति नहुँदा विकासमा बाधा भएको बताएका छन् । मन्त्रालयमा आइतबार अर्थविद्हरूसँगको छलफलमा उनले विकासमैत्री संरचना र विकासमैत्री नीतिको अभाव रहेको औंल्याएका हुन् ।

‘विकासमैत्री संरचना तथा विकासमैत्री नीतिको अभाव देखिरहेको बताउँदै उनले यस्ता जटिलताले विकासमा बाधा उत्पन्न गरेको उल्लेख गरे ।

त्यसैगरि उनले संविधानबमोजिम मुलुकको स्पष्ट अर्थनीति नहुनुका कारण अहिले अर्थतन्त्रमा विभिन्न समस्या देखापरेको बताए। सबै समस्याको जड राजनीति भएकाले दलहरूमा सहमतिको आवश्यकता रहेको उनको भनाइ छ।

दलहरूमा मुलुकलाई सुहाउँदो स्पष्ट अर्थनीति वा खाका बनाउने बारे सहमति नहुँदा सरकारसँगै नीति परिवर्तन गरिरहनुपर्ने अवस्था रहेको उले बताए।

अर्थतन्त्रमा देखिएका विभिन्न समस्याहरूको मूल समस्या भनेको राजनीतिक क्षेत्रको समस्या भएको बताउँदै
उनले नेपालको सन्दर्भमा संघीय लोकतान्त्रिक गणतन्त्रको मूल अर्थतनीति यो हो भन्ने कुराको स्पष्ट राजनीतिक खाका आवश्यक रहेकोमा जोड दिए ।

साथै मन्त्री शर्माले विज्ञहरूको सुझावलाई सरकारले मार्गदर्शकको रूपमा लिने र छलफललाई निरन्तरता दिने समेत प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

यता छलफलमा विज्ञहरूले तथ्यांकका आधारमा मुलुकको अर्थतन्त्र धराशयी भइनसकेको बताए। यद्यपि थप खराब अवस्थातिर जान नदिन आवश्यक उपाय अवलम्बन गर्न उनीहरूले जोड दिए।

प्रतिक्रिया दिनुहोस्