बार एसोसिएसनको निर्वाचन आगामी चैत १९ मा हुने
काठमाडौं, माघ १६ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचन आगामी चैत १९ गते हुने भएको छ।
चण्डेश्वर श्रेष्ठ नेतृत्वको कार्यसमितिको तीन वर्षे पदावधि सकिने भएसँगै बारले निर्वाचनको मिति तय गरेको हो। २५ सदस्यीय नयाँ कार्यसमितिमा अध्यक्ष, प्रदेशको प्रतिनिधित्व हुने गरी सात उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष र १४ सदस्य रहने व्यवस्था छ।
बारको निर्वाचनमा देशभरका ९० वटा इकाईबाट करिब ११ हजार सदस्य सहभागी हुनेछन्।
प्रतिक्रिया दिनुहोस्