सरकारको भौतिक सम्पति निजी क्षेत्रलाई प्रयोग गर्न दिइँदैन : शिक्षामन्त्री पौडेल
काठमाडौं, माघ १६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतमा सरकारको भौतिक सम्पतिहरु निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन्। आइतबार केशर महलको निरीक्षण गर्दै मन्त्री पौडेलले महल परिसरमा रहेको जमीन निजी क्षेत्रको प्रयोजनका लागि नदिने बताएका हुन्।
उनले सञ्चारमाध्यमहरुमा केशर महल बाहिरको जग्गा निजी क्षेत्रलाई निजी प्रयोजनका लागि दिन खोजेको भन्ने समाचारहरु प्रकाशित भएकाले आफूल्े महलको निरीक्षण गरेको बताए। उनले सरकारी संरचनाहरु नियमविपरित निजी क्षेत्रलाई प्रयोगमा दिएको पाइएमा कानुनअनुसार कारबाही गरिने पनि बताए।
‘केशर महल ऐतिहासिक स्थान हो। जतिबेला नेपालमा शिक्षाको विकास सुरुवात भयो, त्यति बेलादेखि नै केशर महल शिक्षासँग सम्बन्धित भवनको रुपमा छ। यहाँ निकै ऐतिहासिक पुराना पुरातात्विकसँग सम्बन्धित विषयहरुको संग्रह गरेर राखिएको छ,ु मन्त्री पौडेलले भने, ुयसको बाहिरतिर जमीनको कुरा पनि केही सामाजिक सञ्जाल, पत्रिकाहरुमा प्रकाशित भएको पनि जानकारी प्राप्त ग¥यौं। कतै शिक्षा मन्त्रालय मातहतका निकायहरुले निजी क्षेत्रलाई निजी प्रयोजनको निम्ति बाहिरपट्टिको जमीन दिन खोजेको हो कि भन्ने आशयको कुराहरु आएको हुँदा शिक्षा मन्त्रालय र मेरो आफ्नो पनि ध्यानाकर्षण भएको कुरा हो। कुनै पनि प्रकारको निजी क्षेत्रलाई शिक्षा मन्त्रालय मातहतका यसप्रकारको भौतिक सम्पतिहरु प्रयोग गर्न दिइने छैन, दिइँदैन। कहीँ कतै भए गरेको प्रप्त भएमा हामी राज्यको मातहतमा ल्याउने गरेर अघि बढ्छौँ।’
प्रतिक्रिया दिनुहोस्