सोमबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक फेरी स्थगित

काठमाडौँ , माघ १६ । राष्ट्रिय सभाको बैठक फेरी स्थगित भएको छ । बैठक पुनस् अनिश्चितकालका लागि स्थगित भएको हो । यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ति जारी गर्दै विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उल्लेख गरेका छन् ।

यसअघि संघीय संसद सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि शनिबार सूचना निकालेर १० दिन पछि सारिएको थियो ।  सचिवालयले बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्