काठमाडौँ उपत्यकामा कति थपिए आज ? यस्तो छ पछिल्लो विवरण
काठमाडौँ , माघ १५ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १८२० कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा १४०४ जना, ललितपुरमा ३०५ जना र भक्तपुरमा १११ जना गरि कुल १८२० जना संक्रमित थपिएका हुन् ।
त्यस्तै हाल काठमाडौँ उपत्यकामा कुल ५२ हजार ७६४ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा ३७ हजार ३४, ललितपुर जिल्लामा १० हजार १२५ र भक्तपुर जिल्लामा ५ हजार ६०५ रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३ हजार ३१८ र एन्टीजेन परिक्षणबाट १५८६ गरि कुल ४ हजार ९०४ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५९२४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८९।५ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले १३९ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १० हजार १०१ पिसिआर र ४४६१ नमुना एन्टीजेन परिक्षण गरि कुल १४ हजार ५६२ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८७ हजार ३२९ पुगेका छन् । त्यस्तै आइसीयुमा २८६ जना छन् भने देशभर ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा १६९३ जना छन् भने होम आइसोलेसनमा ८५ हजार ६३६ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्