स्थानीय तहको निर्वाचन जुनसुकै मितिमा भए पनि सामना गर्न तयार छौं :अध्यक्ष नेपाल

काठमाडौं , माघ १५ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भएपनि सामना गर्न आफु तयार रहेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफूहरु चुनावसँग नडराएको बताएका हुन्

चुनाव आगामी वैशाख, जेठ,असार र असोजमा नै भए पनि सामना गर्ने उनको भनाइ रहेको छ । स्थानीय तह एवं केन्द्रीय निर्वाचन जुन पहिला भए पनि आफु सामना गर्ने उनले बताए ।

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले जहिले भन्छ त्यही समयमा निर्वाचनमा जान आफूहरु तयार रहेको उल्लेख गरे ।

वि।स।२०७४ सालमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन असोज २ गते भएकाले त्यसैलाई आधार मानेर ६ महिना भित्र निर्वाचन गर्न उचित हुने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्