सार्वजनिक यातायातमा आजदेखि जोर- विजोर प्रणाली हट्यो

काठमाडौ ,माघ १५ । काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनमा आज देखि जोर(विजोर प्रणाली हटेको छ । उपत्यकाका तीन वटै जिल्लाका सिडिओहरुको संयुक्त बैठकले बस, माइक्रोबस र टेम्पोहरुमा जोर बिजोर प्रणाली हटाउने निणर्य गरेको हो ।

यसअघि कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी० ले सार्वजनिक यातायातमा जोरविजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो ।

बैठकले ट्याक्सी र निजी सवारी साधनमा भने जोर बिजोर प्रणाली कायमै राखेको छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले काठमाडौं उपत्यकामा जोर विजोर प्रणाली लागू गरेको थियो । जोर विजोरले सार्वजनिक सवारी साधनमा झन् भीडभाड भएपछि त्यसको व्यापक विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्